Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • दुई वर्षपछि आज सार्वजनिक हुँदै विप्लव, प्रधानमन्त्रीसँगै एकै मञ्‍चबाट सम्बोधन गर्ने

    दुई वर्षपछि आज सार्वजनिक हुँदै विप्लव, प्रधानमन्त्रीसँगै एकै मञ्‍चबाट सम्बोधन गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टी गठन गरी भूमिगत भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि लगाएको प्रतिवन्ध हटाएसँगै आज विप्लव सार्वजनिक हुने भएका छन् ।

    सरकार र विप्लव समूहबीच बिहीबार तीन बुँदे सहमति भएसँगै उक्त समूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिएको हो ।



    सहमति र प्रतिवन्ध फुकुवासँगै नेकपा महासचिव विप्लव दुई वर्षपछि औपचारिक रुपमा सार्वजनिक हुने लागेका हुन्।



    एकीकृत जनवादी क्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिका लागि जनसंघर्ष सुरु गरेको बताउने विप्लव २०७४ सालदेखि खुलारुपमा देखिएका थिएनन्।

    सरकारले राजनीतिक प्रतिबन्ध लगाएपछि २०७५ साल फागुन २८ देखि विप्लवसहित नेकपाका सबै नेता तथा कार्यकर्ता पूर्ण रुपमा भूमिगत भएका थिए।

    विप्लव सार्वजनिक हुने दिन नै प्रधानमन्त्री केपी शर्मा ओलीसँगै बस्ने भएका छन् । शुक्रबार एक विशेष कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्‍चबाट सम्बोधन गर्न भएका छन्।

    कुनै बेला प्रचण्डका विश्‍वासपात्र विप्लवको शान्ति प्रक्रियापछि प्रचण्डसँग सम्बन्ध विग्रिएको थियो ।

    प्रचण्ड राजनीतिमा आए पनि विप्लव भने फेरि पनि जनयुद्ध आवश्यक भएको भन्दै जंगल फर्किएका थिए । तिनै विप्लव अहिले ओलीसँग प्रचण्ड छुट्टिएपछि ओलीलाई साथ दिन आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार