Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ओली समूहको संसदीय दलको बैठक बस्दै, वामदेवलाई पनि बोलाइयो

    ओली समूहको संसदीय दलको बैठक बस्दै, वामदेवलाई पनि बोलाइयो

    अनलाइन नेपाल
  • शनिबार, २२ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकले राजीनामा मागेको भोलीपल्ट अर्थात आज प्रधानमन्त्री केपी शर्मा ओली समूहको संसदीय दलको बैठक बस्दैछ ।

    हिजो बसेको प्रचण्ड–माधव समूहको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाएर पुष्पकमदल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेतामा चयन गरेको थियो ।



    प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आजको बैठकमा नेकपाका उपाध्यक्ष एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमलाई पनि आउन आग्रह गरेको बुझिएको छ ।



    हिजो साँझ प्रधानमन्त्री ओली स्वयम् गौतमलाई भेट्न भैंसेपाटीस्थित गौतम निवास पुगेका थिए ।

    यता, प्रचण्ड–माधव पक्षले १११ सांसद रहेको दाबी गरेको छ भने ओली समूहले पनि ससंदीय दलमा आफ्नै बहुमत रहेको दाबी गर्दै आईरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार