Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रचण्ड र माधवको प्रधानमन्त्री हुने कुनै चान्स नै छैन : प्रधानमन्त्री ओली

    प्रचण्ड र माधवको प्रधानमन्त्री हुने कुनै चान्स नै छैन : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • मंगलबार, ११ फाल्गुन २०७७
  • 2.4K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापना हुन नसक्ने भन्दै सूर्य चिन्ह पनि आफ्नै नेतृत्वको नेकपाले पाउने दावीगरेका छन्।

    उनले आफूले नेतृत्व गरेको नेकपामात्रै आधिकारीक भएको दाबी गरे।



    आफू निकट राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको प्रथम बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,  ‘पार्टी भन्न लायक पार्टी नै हाम्रो पार्टी हो । अढाई महिना अघिसम्म हाम्रो पार्टी पनि अरु पार्टीजस्तै थियो । मारामार, अहिले अर्को पार्टीको कुरा सुन्दै हुनुहुन्छ होला के खोल्दै हुनुहुन्छ रे’, ओलीले प्रचण्ड माधवलाई लक्षित गर्दै भने, ‘२५ प्रतिशत हैसियत छैन । ५० प्रतिशत चाहियो रे । उधारो हुँदैन फेरि नगदा नगदी ।’ संसद पुनःस्थापना  भयो भने  प्रचण्ड र माधव नेपालजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुहुन्छ।’



    ओलीले प्रचण्ड र नेपालको प्रधानमन्त्री हुने कुनै चान्स नरहेको पनि बताए । उनले आफू गोलघरमा बस्दा पनि यसैगरी बोल्ने र यस्तै आत्मविश्वास भएको र अहिले पनि उस्तै रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार