Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रधानमन्त्री ओलीले भने–निर्मला र भागरथी हत्याका अपराधीलाई पानी मुनी गए पनि छोडिदैन

    प्रधानमन्त्री ओलीले भने–निर्मला र भागरथी हत्याका अपराधीलाई पानी मुनी गए पनि छोडिदैन

    अनलाइन नेपाल
  • शनिबार, १ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    बुटवल । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले निर्मला र भागरथी हत्याका अपराधीलाई पानी मुनी गए पनि नछाडिने बताएका छन् ।

    शनिबार बुटवलमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आफू पक्षीय जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने–‘निर्मला हत्या काण्ड, बलात्कार गरेर हत्या गर्ने कुरा होस् अथवा भागरथी हत्या काण्ड होस्। यस्ता हत्या काण्डका अपराधीहरुलाई पानी मुनि गए पनि छोडिने छैन। विश्वका कुनै भागमा भागेर पुगेपछि छोडिने छौं।’



    प्रधानमन्त्री ओलीले केही समयभित्र नै भागरथीका हत्यारालाई समात्ने दावी गरेका छ।



    माघ २१ गते बिहान ८ बजे विद्यालय गएकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १२ कक्षामा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको दोस्रो दिन गाउँ नजिकैको लवलेक सामुदायिक वनमा शव फेला परेको थियो।

    उनको बलात्कारपछि हत्या भएको खुलेको छ।

    उता, २०७५ साउन १० गते कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लाग्न सकेको छैन।

    हत्यारा पत्ता लगाउन नसकेको २ बर्ष वितिसक्दा प्रधानमन्त्री ओली भने अझै पनि ‘दुई दिन चार दिन भाग्लान्, उम्किएलान्, एक वर्ष उम्किएलान्। एक वर्ष डरले थर्कमानको जिन्दगी बिताएर बस्छन्। सजाय घट्ने वाला छैन।’ भन्दै भाषण गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार