Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अमेरिकी र भारतीय सैनिकबीच संयुक्त युद्ध अभ्यास सुरू

    अमेरिकी र भारतीय सैनिकबीच संयुक्त युद्ध अभ्यास सुरू

    अनलाइन नेपाल
  • आइतबार, २ फाल्गुन २०७७
  • 3.5K
    SHARES

    एजेन्सी । अमेरिकी र भारतीय सैनिकले संयुक्त सैन्य अभ्यास सुरू गरेका छन् । गत अक्टोबरका लागि तय भएको संयुक्त अभ्यास कोरोनाका कारण स्थगित भएको थियो ।

    गत सोमबारदेखि ‘युद्ध अभ्यास’ नाम दिइएको दुई साता लामो संयुक्त सैन्य अभ्यास राजस्थानको महाजन फिल्ड फायरिङ रेन्जमा सुरू भएको हो । वार्षिक रूपमा हुँदै आएको भए पनि यसपालिको सैन्य अभ्यासले भू९राजनीतिमा महत्वपूर्ण अर्थ राख्ने विश्लेषकहरूले बताएका छन् ।



    केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन कुराकानीका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले चार मुलुकको सैन्य गठबन्धन क्वाडमा जोड दिएका थिए। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका पालामा सुरू भएको क्वाड गठबन्धनमा अमेरिका, भारत, जापान र अष्ट्रेलिया छन् ।



    एसिया–प्रशान्त क्षेत्रमा चिनियाँ प्रभुत्वलाई रोक्न अमेरिकाले यो क्षेत्रका मुख्य साझेदार मुलुकसँग सैन्य गठबन्धन बनाएको हो। मोदीसँगको टेलिफोन कुराकानीका क्रममा पनि बाइडेनले साउथ चाइना सीमा नेभिगेसनको स्वतन्त्रताका लागि अमेरिकाले क्वाडलाई अझ बलियो बनाउन चाहेको बताएका थिए ।

    साउथ चाइना सीमा अमेरिका र चीनको टकरावसँगै भारत र चीनबीच पनि गत वर्ष सीमामा तनाव चुलिएको थियो । औपचारिक सीमा निर्धारण हुन बाँकी रहेका विश्वका दुई ठूला जनसंख्या भएका यी आणवीक शक्ति राष्ट्रले पछिल्ला दिनमा मात्रै तनावग्रस्त क्षेत्रबाट आफ्ना सैनिकहरू घटाउन थालेका थिए ।

    यस्तो अवस्थामा भएको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यासले दिल्लीको मनोबल उच्च पार्न र बेइजिङलाई मनोवैज्ञानिक दबाब दिन भूमिका खेल्ने विश्लेषकहरूले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार