Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पिथौरागढमा सुरू भयो नेपाल र भारतका सेनाबीच प्रतिआतंकवाद केन्द्रित सैन्य अभ्यास

    पिथौरागढमा सुरू भयो नेपाल र भारतका सेनाबीच प्रतिआतंकवाद केन्द्रित सैन्य अभ्यास

    अनलाइन नेपाल
  • शुक्रबार, ८ मंसिर २०८०
  • 627
    SHARES

    काठमाडौं । नेपाली र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यास सूर्यकिरण–१७औँ शृङ्खला आजदेखि भारतको उत्तराखण्डस्थित पिथौरागढमा सुरु भएको छ ।

    सैन्य अभ्यासमा नेपाली सेनाका ३३४ जना र भारतीय सेनाका ३५४ जना सहभागी छन् ।



    भारतको रक्षा मन्त्रालयका अनुसार नेपाली सेनाको नेतृत्व प्रमुख सेनानी सुवास केसीले गरिरहेका छन् भने भारतीय सेनाको कुमाओन रेजिमेन्टका एक बटालियनले गरिरहेका छन् ।



    मंसिर २१ सम्म चल्ने संयुक्त सैन्य अभ्यास प्रति विद्रोह, प्रति आतंकवाद युद्धकला, र विपद् व्यवस्थापनमा केन्द्रित हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार