Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सकियो नेपाल-भारत संयुक्त ‘सूर्यकिरण’ सैन्य अभ्यास

    सकियो नेपाल-भारत संयुक्त ‘सूर्यकिरण’ सैन्य अभ्यास

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 720
    SHARES

    रुपन्देही । नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ समापन भएको छ । दुई देशको सेनाबीच गत १ पुसदेखि सुरू भएको सूर्यकिरण सैन्य अभ्यास दुई सातासम्म सञ्चालन भएर बिहीबार समापन भएको हो ।

    उक्त अभ्यास आज बलाधिकृत रथी सरोजप्रताप राणाले समापन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। अभ्यासमा विपद् व्यवस्थापनको समयमा गरिने खोज तथा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवादजस्ता विषय समावेश गरी सञ्चालन भएको थियो ।



    उक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्ले र भारतीय सेनाबाट प्रमुख सेनानी हिमांशु बाहुगुनाको नेतृत्वमा दुवै देशका ३३४/३३४ सकलदर्जा सहभागी भएका थिए ।



    संयुक्त सैनिक अभ्यासले दुई देशबीच कायम रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढीप्रगाढ बनाउनुका साथै दुवै देशको सेनाका सकलदर्जामा आधारभूत सैनिक सिपको विकास हुनुको साथै आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार