Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • भोलिदेखि १ महिनासम्म संयुक्त सैन्य अभ्यास गर्दै नेपाली र अमेरिकी सेना

    भोलिदेखि १ महिनासम्म संयुक्त सैन्य अभ्यास गर्दै नेपाली र अमेरिकी सेना

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाले भोलिदेखि भदौको ३१ गतेसम्म संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।

    २०६० सालदेखि हुँदै आएको एक्स ब्यालेन्स नेल अभ्यासको ३९ औँ संस्करणको तालिम भोलिदेखि सुरु हुने भएको हो । तालिमलाई रक्षा मन्त्रालयले स्वीकृति दिएको नेपाली सेनाले जनाएको छ ।



    दुई देशको सेनाले साउन ३१ गतेदेखि भदौ ३१ गतेसम्म ‘एक्स–ब्यालेन्स नेल २२–५५३०’ तालिम गर्न लागेका नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ ।



    सशस्त्र द्वन्द्वको कानुन, सैन्य निर्णय निर्माण प्रक्रिया लगायत विषयमा केन्द्रित हुने तालिममा नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना सहभागी हुनेछन् ।

    तालिमका लागि टुकडी क्याप्टेनको नेतृत्वमा अमेरिकी सेनाको टोली आज नेपाल आइपुगको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार