Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रधानमन्त्रीको प्रश्न : के मैले सधैँ शासन सत्तामा बसिराख्छु भनेको छु र ?

    प्रधानमन्त्रीको प्रश्न : के मैले सधैँ शासन सत्तामा बसिराख्छु भनेको छु र ?

    अनलाइन नेपाल
  • सोमबार, ३ फाल्गुन २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन नगरेको भए एकीकृत पार्टी पनि नहुने र कसैसँग बहुमत नहुनुका साथै अस्थिरता आउने दाबी गरेका छन् ।

    पार्टीका केही नेताहरुले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको बताउँदै उनले पार्टीभित्रका केही नेताहरुको अतिरिक्त आकांक्षाको बाछिटा संसदमा नपरोस् भनेर आफूले प्रयास गरेको भए पनि सफल नभएको बताए ।



    ‘एकातिर जनताको उच्च आकांक्षा सम्बोधन गर्नुपर्ने र अर्कोतर्फ आफ्नै खुट्टा अल्झिएजस्तो भएको’ अवस्था आएपछि संसद विघटन गर्नुपरेको र निर्वाचनमा जानुपरेको उनको तर्क थियो।



    आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको दिन सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने–‘सरकारले ल्याएका विधेयकहरु छलफलको नाममा अड्काउने, संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस हुनै नदिने र भए सुनुवाई समितिमा अड्काउने काम भए । अनुपयुक्त ढंगले समानान्तर सत्ता सञ्चालनको अभ्यास भयो ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सधैं सत्तामा नरहने पनि बताएका छन्।

    आफ्नो कदम प्रतिगमन नभएको बताउँदै उनले आफूले बारम्बार निर्वाचन गराउने प्रतिबद्धता र तयारी गरिराखेको दोहोर्‍याउँदै ‘के मैले सधैँ शासन सत्तामा बसिराख्छु भनेको छु र ?’ भन्दै प्रश्न गरेका थिए ।

    उनले आफ्नै दलका साथीहरूले काम गर्न नदिएको दोहोर्‍याउँदै त्यसको प्रत्यक्ष असर व्यवस्थापिकामा पर्न नदिन आफूले निर्वाचनको घोषणा गरेको स्पष्ट पारे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार