Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भागरथी हत्या प्रकरणः शंकाको घेरामा रहेका एकजना पक्राउ

    भागरथी हत्या प्रकरणः शंकाको घेरामा रहेका एकजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ४ फाल्गुन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले एक संकास्पद व्यक्तिलाई  पक्राउ गरेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) समेतको टोलीले गत शनिबार राति कञ्चनपुरको महेनद्रनगरबाट ती व्यक्तिलाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्ति सार्वजनिक पदमा रहेको र उनलाई अहिले बैतडी ल्याइएको छ।



    उनी २१ माघमा अपराधस्थल वरपरी देखिएको खुलेपछि उनलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । खोचलेक बजारमा उनले भागरथीको पिछा गरेको देखिएको प्रहरी स्रोतको दावी छ ।



    घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनको घरमा भागरथीको मोबाइलको ब्याट्री फेला पारेको खुलेको स्रोतको दाबी छ ।

    उनको शरीरको विभिन्न भागमा चिथोरिएको जस्तो चोट देखिएको भएपनि  उनले रुखबाट लडेर घाउ भएको प्रहरीसामु वयान दिएका छन् । तर,बलात्कार र हत्याबारे भने उनले अस्विकार गरेको स्रोत वताउँछ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी उत्तम सुबेदीले प्रहरी अनुसन्धान अन्तिम चरणमा पुगेको र अभियुक्त चाँडै नै सार्वजनिक गर्ने दाबी गरेका छन् ।

    पक्राउ परेका व्यक्तिले विगतमा पनि महिलाहरुमाथि दुर्व्यवहारजन्य गतिविधि गर्ने प्रयास गरेको पाइएको अनुसन्धानबाट खुलेको छ ।

    भागरथी हत्या प्रकरणपछि भने उनी भारततिर भाग्न खोजेको प्रहरीको आशंका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार