Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • श्रीमती हत्याको आरोपमा एकजना पक्राउ

    श्रीमती हत्याको आरोपमा एकजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ११ फाल्गुन २०७७
  • 3.8K
    SHARES

    सांकेतिक तस्विर

    झापा । जिल्ला प्रहरी कार्यालय झापाले श्रीमती हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ५५ वर्षीय सरे राई रहेका छन् ।



    शरणार्थी शिविर सेक्टर डी ४ छाप्रा नं २९ बस्ने तामाङले मादक पदार्थ सेवन गरेर कुटपिट गरी ४९ वर्षीया विष्णुमाया तामाङको हत्या गरेको जनाइएको छ ।



    श्रीमतीको हत्या गरी फरार उनलाई प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    उनलाई प्रहरीले दमक नगरपालिका–२ स्थित एकघरमा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार