Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गर्भवती श्रीमतीको हत्या आरोपमा श्रीमानसहित दुई पक्राउ

    गर्भवती श्रीमतीको हत्या आरोपमा श्रीमानसहित दुई पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ९ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानसहित २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा भारत सीतामढी ग्राम पञ्चायत भासर मघहा ७ अनारवन गाउँका ३७ वर्षीय अजय महतो कोइरी र सर्लाही मलंगवा नगरपालिका वडा नम्वर ९ का ३४ वर्षीय प्रमोद राउत रहेका छन्।



    उनीहरूमाथि भारत सीतामढी भैरबकोठी, मेहसौल टोल घर भएकी राधा भन्ने अफ्सना खातुनको हत्या गरेको आरोप रहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।



    खातुनको शव फागुन ४ गते महोत्तरी गौशाला नगरपालिका वडा नम्वर १२ कान्ति बजारस्थित सागरनाथ वन विकास परियोजनाको जंगलभित्र फेला परेको थियो । मृतक अन्दाजी २७ वर्षीया महिला गर्भवती थिइन् ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार