Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • हिम्मत भए आफूलाई हटाएर देखाउन प्रधानमन्त्री ओलीको चुनौती

    हिम्मत भए आफूलाई हटाएर देखाउन प्रधानमन्त्री ओलीको चुनौती

    अनलाइन नेपाल
  • आइतबार, १६ फाल्गुन २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावबाट हिम्मत भए आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् ।

    आइबार गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै संसद पुनर्स्थापना चिन्ताको विषय नभएको बताए ।



    संसद पुनर्स्थापना भएपछि नेकपा प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमै गएर भेटेको चर्चा गर्दै उनले भने, ‘प्रभु ! संसद पुनर्स्थापना भइसक्यो, यो केपी ओलीलाई हटाउन सकिँदैन । प्रभुले प्रधानमन्त्री स्वीकार गरिदिनुपर्‍यो । विभिन्न थरी नन्दी भृङ्गी मिलेर सरकार बनाऊँ ।’



    यस्तै, जनता समाजवादी पार्टी जसपा का नेताहरुसँग छलफल गर्दा तपाईंहरुको कुन पार्टी हो भनेर प्रश्न गरेपछि प्रचण्डमाधवहरु झसङ्ग भएको पनि ओलीले टिप्पणी गरे ।

    अहिले राजीनामा गरिदिनुस् न भनेर आफूसामू हात थाप्न थालेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘केपी ओलीलाई हटाएर देखाउनुस् । अविश्वासको प्रस्ताव राख्नुस्, पास गर्नुस् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार