Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सर्वोच्चमाथि खनिदै प्रधानमन्त्रीद्वारा घुमाउरो भाषामा प्रचण्डलाई ‘स्याल’ को संज्ञा

    सर्वोच्चमाथि खनिदै प्रधानमन्त्रीद्वारा घुमाउरो भाषामा प्रचण्डलाई ‘स्याल’ को संज्ञा

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असार २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई गाली गर्नेहरुको प्रतिस्पर्धा नै चलेको बताएका छन् । आज बालुवाटारमा आयोजित पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपतिमाथि चिथोर्ने प्रतिस्पर्धा चलेको टिप्पणी टिप्पणी समेत गरे । उनले भने–‘रिसाएको बिरालोले खाँबो चिथोर्छ भनेझैं राष्ट्रपतिलाई जसले गाली गर्न सक्छ, त्यो ठूलो हुने प्रतियोगिता नै चलेको रहेछ। हिजो पनि केही भुतपूर्वहरुको लस्करले मिट द प्रेस गरेको देखेको थिएँ, त्यसमा पनि राष्ट्रपतिमाथि । अहिले त उहाहरु ‘राष्ट्रपति भन्दा राजै राम्रो भन्नेसम्म पुग्नुभयो ।’

    बिहीबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तरक्रियामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानको संरक्षक अभिभावक मानेको राष्ट्रपतिले समेत आफ्नो गरिमा राख्न नसकेको बताएका थिए । उनले भनेका थिए–‘अहिले त राष्ट्रपति भनेको संस्था त ‘राजाहरु हुँदा एउटा शान थियो । अहिले त शान पनि छैन, मान पनि छैन, कस्तो भयो हामीले बनाएको संस्था ?’



    कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमाथि पनि प्रश्न उठाए । उनले सेटिङमा सर्वोच्चको फैसला आएको त त होइन भन्ने प्रश्न गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै उनले भने–‘धादिङमा अघिल्लो दिन नै भने, पछि नियुक्त गरिएका मन्त्रीहरु भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु । अथवा न्याय निष्पक्ष भयो कि अरु नै हिसाबले एउटा हल्ला छ नि सेटिङ .. । भोलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लो दिन नै धादिङमा स्याल करायो । कसरी त्यो भयो ?’



    सर्वोच्च अदालतले पछिल्लो पटक थपिएका मन्त्रीहरुलाई काम गर्न रोक लगाउनु अघिल्लो दिन नै प्रचण्डले धादिङमा त्यसबारे प्रतिक्रिया दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार