Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • आफ्नो ज्यान तलमाथि भइहाल्यो भने अचम्म नमान्न प्रधानमन्त्री ओलीको आग्रह

    आफ्नो ज्यान तलमाथि भइहाल्यो भने अचम्म नमान्न प्रधानमन्त्री ओलीको आग्रह

    अनलाइन नेपाल
  • सोमबार, १७ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    कास्की। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जुनसुकै बेला शारीरिक हमला हुन सक्ने बताएका छन् ।

    सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय नेकपा ओली नेतृत्वको भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको छ । हामीलाई काम गर्न दिएका छैनन् । ‘तपाईंहरू अचम्म नमान्नुहोला, यदी ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने अचम्म नमान्नुहोला,’ प्रधानमन्त्री ओलीले भने।



    तर यस्तो हुन नदिने उनले बताए ।



    ‘तर त्यस्तो हुन दिइने छैन। सतर्कता अपनाउछौं । म रहिन भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन,’ उनले भने ।

    उनले आफूमाथि प्रहार भइरहेको उल्लेख गर्दै थपे, ‘यस पार्टीको नेतृत्वमा म भएको हुनाले र सरकार ठिक ढंगले चलाइरहेको हुनाले ममाथि प्रहार केन्द्रीत छ। तपाईंहरूले देख्नुभएको छ( सम्पूर्ण रूपमा ममाथि प्रहार अत्यन्तै तीब्र गतिले केन्द्रीत छ।’

    सभामा बोल्दै प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटी आफूले बनाएको र आवश्यक परेका बेला त्यसमाथि पनि औंला चलाउन सक्ने टिप्पणी गरेका छन्।

    जुन हातले नाम लिएको हो त्यसले काट्न पनि सक्ने भन्दै उनले भने, ‘देवप्रसाद गुरुङलाई मैले प्रमुख सचेतक बनाएको हुँ, मैले बर्खास्त गरे । उहाँहरुले भनेको केन्द्रीय कमिटी पनि मैले बनाएको हुँ ।

    त्यस्तै, प्रधानमन्त्री ओलीले दाहाल नेपाल समूहले पार्टी कब्जा गर्ने, देश बर्बाद बनाउने कम्फर्टेबल सरकार बनाउन खोजेको आरोप समेत लगाउँदै देश विकासमा लाग्न सुझाव दिएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार