Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • तीन बुँदे सहमति कार्यान्वयनबारे गृहमन्त्री खाण र बास्तोला नेतृत्वको नेकपाबीच छलफल

    तीन बुँदे सहमति कार्यान्वयनबारे गृहमन्त्री खाण र बास्तोला नेतृत्वको नेकपाबीच छलफल

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 936
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणसँग धर्मेन्द्र बास्तोला अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को टोलीले भेटवार्ता गरेको छ ।

    मंगलबार दिउँसो गृह मन्त्रालयमा भएको भेटमा २०७७ फागुन २० गते केपी शर्मा ओली नेतृत्वको सरकार र तत्कालीन नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा कुराकानी भएको हो ।



    भेटवार्तामा सरकारी पक्षमा गृहसचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल तथा नेकपा (बहुमत) का तर्फबाट अध्यक्ष बास्तोलासहित प्रवक्ता हेमन्तप्रकाश ओली, देवकला अधिकारी, गुणराज लोहनी र दिपक सहभागी थिए ।



    गृहमन्त्री खाणले सरकार नेकपासँग अघिल्लो सरकारले गरेको सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए । नेकपाका तर्फबाट संयोजक बास्तोलाले जेलमा रहेका पार्टीका नेता कार्यकर्ता रिहाइ गर्न आग्रह गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार