Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पार्टीका नेता–कार्यकर्तालाई जेलबाट तत्काल रिहा गर्न सरकारलाई विप्लव नेतृत्वको नेकपाकाे दबाब

    पार्टीका नेता–कार्यकर्तालाई जेलबाट तत्काल रिहा गर्न सरकारलाई विप्लव नेतृत्वको नेकपाकाे दबाब

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 579
    SHARES

    काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाई गर्न सरकारलाई दवाव दिएको छ ।

    गृहमन्त्री बालकृष्ण खाँणसँग आज भेट गरी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले आफ्ना नेता कार्यकर्ता रिहा गर्न माग गरेका हुन् ।



    मुलुक नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले भने यही सरकारले आफूहरुको माग सम्बोधन गर्नुपर्ने बताउँदै आएको छ ।



    सरकारले कानुनी जटिलता पनि हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने र जेलबाट रिहाई गर्ने निर्णय मन्त्रिपरिषद्बाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकारलाई दवाव दिइएको नेकपाका प्रवक्ता प्रकाण्डले बताए ।

    गृहमन्त्री खाँणले पनि सो समस्या समाधान गर्न सरकार इमान्दार र प्रतिबद्ध रहेको बताएका छन् ।

    केपी ओली नेतृत्वको अघिल्लो सरकारसँग तीन बूँदे सहमति गर्दै नेकपा शान्ति प्रक्रियामा आएको थियो । तर सो सहमति अझै कार्यान्वयनमा नआएको भन्दै सो पार्टीले असन्तुष्टि जनाउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार