Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • संसद पुनर्स्थापनापछि बिष्णु पौडेलको गर्जन

    ओली सरकार अझै दुई बर्ष टिक्ने अर्थमन्त्री पौडेलको दाबी

    ओली सरकार अझै दुई बर्ष टिक्ने अर्थमन्त्री पौडेलको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 3.3K
    SHARES

    फाइल फोटो

    रुपन्देही। नेकपा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अझै दुई वर्ष टिक्ने दाबी गरेका छन् ।

    बिहीबार बुटवलमा पत्रकारहरूसँग कुरागर्दै पौडेलले ओलीलाई सरकारबाट हटाउन गरिएका सबै षडयन्त्र असफल रहेको भन्दै आगामी दुई बर्ष ओलीकै सरकार चल्ने बताएका हुन् ।



    ‘नेकपाको संसदीय दलमा मात्रै होइन, प्रधानमन्त्री ओलीका पक्षमा प्रतिनिधि सभामा पनि बहुमत छ, बाँकी २ वर्षको कार्यकाल ओलीकै नेतृत्वमा अगाडि बढ्छ र उहाँलाई हटाउने कोशिश असफल हुन्छन्,’ पौडेलले भने।



    पौडेलले आफूहरू अहिले नै निर्वाचनमा जान चाहे पनि संसद पुनर्स्थापना भएपछि दुई वर्षको लागि त्यो टरेको भए पनि निर्वाचन पछि पुनः ओली नेतृत्वको नेकपा नै मुलुक सम्हाल्ने प्रमुख शक्तिको रूपमा स्थापित हुने जिकिर गरे।

    एमालेको १५ वर्ष नेतृत्व गर्दा माधव नेपालले तेस्रो स्थानमा पुर्‍याएकाले अहिले पनि उनलाई नेकपा शक्तिशाली बनेको चित्त नबुझेर नेकपालाई फुटाउने भूमिका खेलेको पौडेलको आरोप छ।

    ‘माधव नेपालले १५ वर्षे आफ्नो नेतृत्वमा देशको प्रमुख पार्टीलाई तेस्रोमा धकेलिदिनुभयो, ओलीले तेस्रो भएको पार्टीलाई पहिलोमा स्थापित गरेको उहाँलाई मन परेन त्यसैले पहिलो पार्टीलाई दोस्रो, तेस्रो, चौथो र पाँचौंसम्म पुर्‍याइदिन्छु भनेर विभाजनको धन्दामा लाग्नुभएको छ,’ उनले भने।

    नेता पौडेलले प्रचण्ड-माधव पार्टी विभाजनमा लागे पनि पार्टीका अरू नेताहरू र केन्द्रीय सदस्य पार्टीलाई विभाजन गरी कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने खेलमा नलाग्ने उनले बताए।

    नेता पौडेलले माधव नेपालप्रति कटाक्ष गर्दै भने, ‘चुनाव हारेर प्रधानमन्त्री बन्ने उहाँको  पृष्ठभूमि छ, त्यसैले उहाँलाई जितेकाले नभई हारेको व्यक्तिले सरकारको नेतृत्व गर्नुपर्छ भन्ने लागेर निर्वाचित व्यक्तिलाई हराउने धन्दामा लाग्नुभएको छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार