Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • एमाले विभाजन भएको होइन, काँचुली फेरेको हो : बिष्णु पौडेल

    एमाले विभाजन भएको होइन, काँचुली फेरेको हो : बिष्णु पौडेल

    अनलाइन नेपाल
  • बुधबार, २३ भाद्र २०७८
  • 2.3K
    SHARES

    बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले विभाजित नभएको दाबी गरेका छन्।

    बुधबार रुपन्देहीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले एमाले विभाजित नभएको र पार्टीले काँचुली फेरेको बताए ।



    कार्यक्रममा पार्टी विभाजनलाई ‘पानीका फोका’सँग तुलना गरेका पौडेलले भने, ‘विभाजन भएको होइन, यो त पानीको फोकाजस्तै हो, धेरै दिन टिक्दैन, उनले अघि थपे, ‘यो त सर्पले काँचुली फेरेजस्तै हो।’



    पौडेलले माधव नेपालको पार्टीलाई विचार र दर्शनका आधारमा नभइ लोभ र अवसरका लागि केही व्यक्तिले समूह बनाएको आरोप लगाए । ‘यो भद्दा अवसरवाद हो । उहाँहरू अवसरका लागि जनताको बहुदलीय जनवादसमेत त्यागेर जानुभएको छ’ उनले भने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार