Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • एमाले उपाध्यक्ष बिष्णु पौडेलको क्षेत्रमा ३४ मत बढी भेटिएपछि रोकियो मतगणना

    एमाले उपाध्यक्ष बिष्णु पौडेलको क्षेत्रमा ३४ मत बढी भेटिएपछि रोकियो मतगणना

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 978
    SHARES

    रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले अग्रता लिइरहेको रूपन्देही क्षेत्र नम्बर २ मा मतगणना रोकिएको छ ।

    गणनाको क्रममा मुचुल्कामा उठाएभन्दा ३४ मत बढी भेटिएपछि विवाद भएको हो ।



    लुम्बिनी वाणिज्य क्याम्पसको एउटा केन्द्रमा ३४ मत धेरै भेटिएपछि गठबन्धन दलसहित स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले विरोध गरेका थिए ।



    विरोधपछि उनीहरु गणनामा सहभागी नभएपछि राति ३ बजेबाट मतगणना स्थगित भएको छ । यो क्षेत्रमा अझै ६ हजार मत गन्न बाँकी छ ।

    एमालेका विष्णु पौडेलले २३ हजार ७९३ मत र स्वतन्त्र पार्टीका गणेश पौडेलले २२ हजार ८८७ मत ल्याएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार