Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • अर्थमन्त्री जनार्दन शर्माले आर्थिक तथ्याङ्क नै तोडमोड गरेको बिष्णु पौडेलको आरोप

    अर्थमन्त्री जनार्दन शर्माले आर्थिक तथ्याङ्क नै तोडमोड गरेको बिष्णु पौडेलको आरोप

    अनलाइन नेपाल
  • बिहिबार, २८ साउन २०७८
  • 2.9K
    SHARES

    काठमाडौँ । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक अवस्थाको तथ्याङ्कका विषयमा सत्ता र प्रतिपक्षसँग कुनै विमति नहुने र तथ्यहरुको तोडमोड गर्न नमिल्ने बताएका छन्।

    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका नेता पौडेलले अर्थमन्त्री जनार्दन शर्माबाट प्रस्तुत मुलुकको आर्थिक स्थितिको वक्तव्यले पूर्ववर्ती सरकारलाई आरोपित गर्ने काम गरेको टिप्पणी गरे ।



    पौडेलले सामान्य स्थिति र कोभिडपछिको स्थितिबीचको तुलना गरिनु उपयुक्त नहुने उनले स्पष्ट गरे । नेता पौडेलले तथ्यहरुलाई स्वीकार गरेर अघिल्लो सरकारले चालेका न्यायपूर्ण समाजको निर्माण र समृद्धितर्फको यात्रातर्फका कदमहरुलाई दोषारोपण नगर्न आग्रह गरे । उनले हालसम्म सञ्चालित ठूला आयोजना र मुलुकको विकासमा सकारात्मक रुपान्तरणका लागि ल्याइएका कार्यक्रमको निरन्तरताबारे जिज्ञाशा राखेका थिए ।



    उनले कोभिडका कारणले पछिल्ला वर्षमा आर्थिक वृद्धिदर घटेको तथ्यलाई नयाँ सरकारले बेवास्ता गरेर श्वेतपत्र ल्याएको आरोप लगाउँदै अघिल्लो सरकारले विकास खर्चका लागि ऋण लिनुपर्ने स्थितिलाई चिर्दै लिइएको ऋणलाई पूर्वाधार विकासमा प्रयोग गर्न सुझाव दिए ।

    नेपाली कांग्रेसका गगनकुमार थापाले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले केहीदिन अघि सदनमा दिनुभएको वक्तव्यको आलोचना गर्दै उनले तीन वर्ष सरकार चलाउँदा प्रतिपक्षसँग कुनै संवाद नगरिएको स्मरण गराए ।

    उनले नयाँ सरकारलाई बोलीभन्दा काममा उत्रन आग्रह गर्दै एक महिनासम्म मन्त्रिपरिषद्लाई पूर्णता नदिएकामा चिन्ता व्यक्त गरे । उनले अर्थमन्त्रीले श्वेतपत्र सार्वजनिक गरिसक्नुभएकाले अब सङ्कल्पपत्र आवश्यक भएकामा जोड दिए ।

    सोही पार्टीका देवेन्द्रराज कँडेलले सीमा क्षेत्रमा भएका चोरी तस्कारी रोक्न कुनै प्रभावकारी कदम नचालिएको बताए । नेकपा (माओवादी केन्द्र) का मातृकाप्रसाद यादवले प्रतिनिधिसभा जनादेशबाट सिर्जित भएकाले अहिलेको सरकारलाई परमादेशबाट बनेको भन्ने आरोप पटक पटक नलगाउन आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार