Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • अर्थमन्त्री शर्मा भन्छन्- मुलुकको अर्थतन्त्र सङ्कटमा छैन

    अर्थमन्त्री शर्मा भन्छन्- मुलुकको अर्थतन्त्र सङ्कटमा छैन

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 705
    SHARES

    काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताएका छन् ।

    नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताएका हुन् ।



    ‘अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी हो’, उनले भने, ‘यद्यपि केही चुनौती छन् त्यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा समस्या समाधान गर्नुपर्छ ।’



    अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकाङ्क राम्रो हुँदै गएको स्पष्ट पारे । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्र सुधार भइरहेको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार