Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अर्थमन्त्री शर्मा भन्छन्- उद्योगीहरू सडक आन्दोलनमा होइन, उत्पादनमा लाग्नुपर्छ

    अर्थमन्त्री शर्मा भन्छन्- उद्योगीहरू सडक आन्दोलनमा होइन, उत्पादनमा लाग्नुपर्छ

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 771
    SHARES

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायीहरू सडक आन्दोलनमा नभइ उद्योग व्यवसायमा लाग्नुपर्ने बताएका छन्।

    बिहीबार काठमाडौंमा भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीहरू सडक आन्दोलनमा नभइ उद्योग व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताएका हुन्।



    उनले सरकारले तरलता तथा बैंक ब्याजदर वृद्धि लगायतले उद्योग व्यवसायीहरूका समस्या समाधानको लागि निजी क्षेत्र, राष्ट्र बैंक, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिसहितको कार्यदलले दिएको सुझावका आधारमा काम भइरहेको बताए।



    मन्त्री शर्माले उद्योगी व्यवसायीहरूले सडक रोज्नु नहुने भन्दै सरकारले कुनैपनि व्यवसायी सडकमा आउनुपर्ने वातावरण नबनाउने बताए।

    मन्त्री शर्माले व्यवसाय नै छोडेर सडकमा आन्दोलन गर्ने व्यवसायीहरूको काम नभएको उनको टिप्पणी छ।

    उनले बैंकको ब्याजदर वृद्धि, चालु पुँजी कर्जा निर्देशिककाको सन्दर्भमा सरकारले गम्भीरतापूर्वक छलफल गरिरहेको जानकारी दिदै मन्त्री शर्माले व्यवसायीहरूले निजी क्षेत्र निरास छन्, अर्थतन्त्र संकटमा छ जस्ता अभिव्यक्ति नदिन आग्रह समेत गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार