Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अर्थमन्त्री शर्माले भने – निजी क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ

    अर्थमन्त्री शर्माले भने – निजी क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ

    अनलाइन नेपाल
  • बुधबार, २८ मंसिर २०७९
  • 771
    SHARES

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रका समस्या समाधानका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    बुधबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार संघ नाफिजको साधारण सभामा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।



    उनले अर्थतन्त्र सुधारका प्रयास गरिरहेको र नीजि क्षेत्रका समस्या समाधानका पनि सरकारसंगै रहेको बताए । उनले बजेटबाट आयात प्रतिस्थापनलाई मुख्य जोड दिएको भन्दै आयात प्रतिस्थापनमा भइरहेको प्रगति पर्याप्त नरहेको धारणा राखे ।



    राष्ट्रिय उत्पादन वृद्धिको आवश्यकता रहेकाले सबैलाई आयत प्रतिस्थापन गर्नुपर्ने बोध गराउन आवश्यक रहेको उनको भनाइ छ।

    अर्थमन्त्री शर्माले अहिले विभिन्न चुनौती सामाना गर्दै अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको र यसमा राष्ट्र बैकको नीति तथा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको जिकिर गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार