Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एमालेमा पुन: एकताको संकेत, जेठ २ मा फर्कन ओली तयार

    एमालेमा पुन: एकताको संकेत, जेठ २ मा फर्कन ओली तयार

    अनलाइन नेपाल
  • सोमबार, ७ भाद्र २०७८
  • 1.8K
    SHARES

    काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकाे एकताका लागि एकता पक्षधरका नेताहरु र संस्थापन पक्षबीच सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति पालना गरी पार्टीलाई जेठ २ मा फर्काउने प्रतिवद्धता जनाएपछि सहमति जुटेको हो।

    सोमबार बिहान एमाले विभाजनमा संलग्न नरहेका तथा एकता पक्षधर एमाले स्थायी कमिटीका सदस्यहरुले अध्यक्ष ओलीसँग १० बुँदे कार्यन्वयनको विषयमा निर्णायक वार्ता गरेका थिए।



    ‘आजकाे वार्तामा पार्टीकाे सबै संरचनालाई जेठ २ काे स्थितिमा फर्काउने सहमति जुटेकाे छ’, वार्तापछि ज्ञवालीले भने, ‘यस अवघिमा भएका निर्णयहरुबारे पनि आवश्यक छलफल गर्दै जाने सहमति पनि भएकाे छ।’



    आज भएकाे सहमतिलाई र यसअघिकाे १० बुँदे सहमति कार्यान्वयनका लागि भाेलि बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकमार्फत आवश्यक कार्यतालिका निर्माण गरिने पनि प्रवक्ता ज्ञवालीले बताए।

    बैठकपछि नेता याेगेश भट्टराईले पनि आफूहरुबीच एमालेलाई एकतावद्ध बनाएर लैजाने सहमति भएकाे बताए। उनले माधवकुमार नेपालले पार्टी विभाजन गर्न हतार गरेकाे बताए।

    ‘माधव नेपाललाई साथ दिँदै आएका थियौँ। तर उहाँले पार्टी फुटाउने कुरामा हतार गरेर अगाडि बढ्नुभाे । उहाँलाई समेत एमालेमा फर्काउने गरी प्रयास गर्छाैँ’, भट्टराईले भने। भट्टराईका अनुसार भोलिको बैठकबाट माधबकुमार नेपालकाे दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने सम्भावना छ ।

    भेटवार्तामा नेताहरु भट्टराईसहित भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका सहभागी रहेका थिए । यसअघि उनीहरुले पार्टी एकताका लागि १० बुँदे सहमति पालना नगरे आफूहरुले विद्राेह गर्ने चेतावनी दिएर वक्तव्य जारी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार