Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • महिलालाई कुटपिट गर्ने पूर्व एसएसपी ३ हजार धरौटीमा छुटे

    महिलालाई कुटपिट गर्ने पूर्व एसएसपी ३ हजार धरौटीमा छुटे

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 1.9K
    SHARES

    मकवानपुर । महिला कर्मचारीमाथि कुटपिट गरेको अभियोग लागेका पूर्व एसएसपी लोकेन्द्र बहादुर मल्ल ३ हजार धरौटी बुझाएर रिहा भएका छन् ।

    जिल्ला प्रशासन कार्यालय मकवानपुरले रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक रहेका मल्ललाई आज ३ हजार धरौटी लिएर छाडेको हो । मल्ल नेपाल प्रहरीका पूर्व एसएसपी हुन।



    महिला कर्मचारीमाथि भएको विभेदबारे प्रहरी जानकार भएपनि गुपचुप राखिएको उक्त घटना उद्योगका कर्मचारीहरुले नै बाहिर ल्याएका थिए ।



    प्रहरीले नै घटना लुकाउन खोजैको भन्दै हेटौँडाको चुरीयामाइमा रहेको रिद्धिसिद्धी सिमेन्टका कर्मचारीले दुई दिनदेखि उद्योग बन्द गराएपछि प्रहरीले बाध्य भएर मल्ललाई सोमबार पक्राउ गरेको थियो ।

    उद्योगमा कार्यरत महिला कर्मचारीले आफूलाई हातपात र दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकी थिइन् ।

    शुरुमा पीडितलाई सहमति गर्न दबाब दिए पनि सहमति नभएपछि हतार हतारमा जिल्ला प्रशासनमा उपस्थित गराई मल्ललाई आज छाडिएको हो ।

    मकवानपुर प्रहरीले मंगलबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेपनि आज जिल्ला प्रशासन लगेर छुटाएको हो ।

    मल्लमाथि उद्योगभित्र कर्मचारीहरुमाथि आतंक खडा गरेको आरोप लागेको छ ।

    रिद्धिसिद्धी सिमेन्टका अध्यक्ष शंकर ग्रुपका शंकरलाल अग्रवाल, कालोबजारीमा पक्राउ परि मुद्दा खेपेका सुलभ अग्रवालका भाई साहिल अग्रवाललगायतलले मल्ललाई छुटाउन प्रशासनमा दबाब दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार