Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • चीनको निर्यातमा व्यापक सुधार, एक दशकमै सबैभन्दा बढी

    चीनको निर्यातमा व्यापक सुधार, एक दशकमै सबैभन्दा बढी

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 2K
    SHARES

    एजेन्सी। कोरोनाभाइरस महामारीकै बीचमा पनि चीनको निर्यात विगत दुई दशकमै सबैभन्दा बढीले वृद्धि भएको चिनियाँ सरकारी निकायले जनाएको छ । साथै, चीनले गर्ने वस्तु तथा सेवाको आयातमा पनि वृद्धि भएको छ ।

    इलेक्ट्रोनिक्स र मास्क जस्ता तयारी पोशाकको निर्यातमा व्यापक वृद्धि भएको छ । गत वर्षको तुलनामा जनवरी–फेब्रुअरीको अवधिमा निर्यातमा ६०।६ प्रतिशतले वृद्धि भएको छ भने आयात २२.२ प्रतिशतले बढेको छ ।



    प्राप्त विवरण अनुसार, गत वर्ष निर्यातमा १७ प्रतिशत र आयातमा ४ प्रतिशत न्यून भएको थियो ।



    चिनियाँ भन्सार प्रशासनका अनुसार इलेक्ट्रोनिक्स सामानको निर्यात ५४.१ प्रतिशत तथा टेक्स्टाइलको निर्यात ५०.२ प्रतिशतले बढेको छ ।

    चीनको समग्र ब्यापार बचत एक खर्ब ३ अर्ब ३० करोड डलर रहेको भन्सार प्रशासनको भनाई छ । अमेरिकासँगको ब्यापार बचत पनि गत वर्षको तुलनामा दोब्बर अर्थात् ५१ अर्ब ३० करोड डलर पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार