Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सर्वोच्चको फैसलासँगै सरकार धरापमा, यसरी बन्न सक्छ नयाँ सरकार

    सर्वोच्चको फैसलासँगै सरकार धरापमा, यसरी बन्न सक्छ नयाँ सरकार

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई खारेज गरेर ऋषिराम कट्टेलको नेकपालाई आधिकारिकता प्रदान गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार अल्पमतमा पर्ने भएको छ।

    तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसअघि नै छुट्टीएको हुँदा ओली अल्पमतमा पर्ने भएका हुन्। प्रचण्डसँग एमालेका नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनालपनि छन् ।



    सर्वोच्चको निर्णयसँगै  एमाले र माओवादी गठबन्धनको सरकार कायम रहेको खण्डमा मात्रै सरकार अगाडि बढ्न सक्छ। तर अहिलेको अबस्था त्यो छैन ।



    नेकपाको एकीकरण खारेजीको निर्णयसँग संसदमा चार वटा दल अस्तित्वमा आएका छन् ।

    संसदमा अब नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी छन् ।

    प्रतिनिधि सभामा पूर्वएमालेको १ सय २१ सिट रहेको थियो । प्रत्यक्षतर्फ उसले ८० सिट जितेको थियो भने समानुपातिक तर्फ ४१ सिट जितेको थियो । पूर्वएमाले सांसद सानु शिवाको निधन भएकाले पूर्वएमालेको अहिले संसदमा १२० सिट छ ।

    नेपाली कांग्रेसले ६३ सिट जितेको थियो। उसले प्रत्यक्षमा २३ र समानुपातिकमा ४० सिट जितेको थियो। उसका विजयकुमार गच्छदार भ्रष्टाचार मुद्दामा निलम्बित छन् भने अर्का सांसद मोहम्मद अफताफ आलम जेलमा रहेका छन् ।

    त्यस्तै, नेकपा माओवादी केन्द्रले निर्वाचनमा ५३ सिट जितेको थियो। उसको प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ सिट रहेको छ।

    जनता समाजवादी पार्टीको एकीकरण पछि अहिले ३४ सांसद छन्। एकीकरण अघि राजपाका १७ र समाजवादी पार्टीका १७ सांसद रहेका थिए। जनता समाजवादीका हरिनारायण रौनियार भ्रष्टाचार मुद्दामा निलम्बित छन् भने रेशम चौधरी जेलमा रहेका छन् ।

    संसदमा २ सांसद भएका दलले संसदीय दल गठन गर्न पाउँछन्। संसदीय दल गठन गर्न नपाएका राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका १/१ सांसद छन् । १ जना स्वतन्त्र सांसद छन् ।

    संसदमा यी चार पार्टी कायम भएपछि प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई बाइपास गरेर एमालेले कांग्रेससँग मिलेर नयाँ सरकार गठन गर्न सक्छ। एमालेको १२१ र कांग्रेसको ६३ सांसद मिले प्रतिनिधि सभामा बहुमत पुग्छ र सरकार बन्छ । तर एमालेनै टुक्रिएको अबस्था छ ।

    एमाले र जनता समाजवादीसँग मिले पनि बहुमत पुग्छ भने, एमाले र माओवादी केन्द्र मिलेपनि बहुमत पुग्छ।

    अर्को प्रकिया भनेको एमालेलाई नै हटाएर बाँकी रहेका तीन दल (कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी) मिलेर पनि नयाँ सरकार गठन हुन सक्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार