Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु, ओली पक्षका ४ जना गएनन्

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु, ओली पक्षका ४ जना गएनन्

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 3.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको छ ।

    पार्टी ब्युतिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार स्थायी कमिटी बैठक राखेर पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउन लागेको स्रोतले बताएको छ ।



    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, जनार्दन शर्मा, पम्फा भुसाल,लिलामणि पोखरेल, शक्ति बस्नेत लगायत सहभागी छन् ।



    त्यस्तै, ओली पक्षका चार नेता रामबहादुर थापा बादल, टोपवहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा सहभागी छैनन् ।

    अदालतको फैसलापछि बैठक आज पहिलो पटक बस्न लागेको हो।

    बैठकमा पार्टी पुनर्गठनको प्रक्रियालगायतका विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार