Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अफगानिस्तानमा सेनाको कारबाहीमा परी २१ तालिबान लडाकू मारिए

    अफगानिस्तानमा सेनाको कारबाहीमा परी २१ तालिबान लडाकू मारिए

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    फाइल तस्बिर

    एजेन्सी। अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा २१ जना तालिबान लडाकू मारिनुको साथै अन्य १३ जना घाइते भएका छन् ।

    तालिबान लडाकू लुकेर बुसेको इलाकालाई लक्ष्यगरी गरिएको यस सैनिक कारबाहीलाई सघाउन अफगान हवाईबलले पनि मद्दत गरेकोे सेनाले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिका अनुसार कान्दाहारको आर्घान्दाब र झारी जिल्लालाई लक्ष्यगरी सो कारबाही भएको थियो ।



    कारबाहीको क्रममा सेनाले विद्रोही तालिबानले योजना गरेको बारुदी सुरुङ र विस्फोट पदार्थ गरी २२ ओटा निष्क्रिय बनाउनुको साथै अन्य हातहतियार समेत बरामद गरेको जनाएको छ ।



    सेनाले खोज तथा घेराबन्दी सैन्य कारबाही थालेपछि विद्रोही तालिबानको बलियो उपस्थिति रहेको कान्दाहारमा सुरक्षा व्यवस्थामा पछिल्ला केही महिनादेखि निकै सुधार आएको छ ।

    तर विद्रोहीले सरकारका खासखास स्थान र व्यक्तिमाथि साङ्घातिक आक्रमण गरिरहेका छन् । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया जनाएका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार