Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भारतीय राजदूतद्वारा कुमारी छेँ र कुमारी निवासको पुनर्निर्माणका लागि शिलान्यास

    भारतीय राजदूतद्वारा कुमारी छेँ र कुमारी निवासको पुनर्निर्माणका लागि शिलान्यास

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । ललितपुरको पाटनस्थित कुमारी छेँ र कुमारी निवासको विकास र पुनर्निर्माणका लागि नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज शिलान्यास गरेका छन् ।

    उक्त समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, पूर्व संस्कृति मन्त्री तथा ललितपुरका पूर्व मेयर बुद्धिराज बज्राचार्य, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका परियोजना निर्देशक श्याम किशोर सिंह, कुमारी छेँ उपभोक्ता समितिका सदस्य एवम् समुदाय सदस्यहरुको उपस्थिति थियो ।



    नेपालका आठ जिल्लामा सांस्कृतिक सम्पदा परियोजनाको संरक्षण, पुनःस्थापना तथा पुनर्निर्माणका लागि भारत सरकारले ५.८ अर्ब नेपाली रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाइसकेको छ ।



    सोही प्रतिबद्धता अनुरुप पुनर्निर्माण हुन लागेका २८ वटा सांस्कृतिक सम्पदा मध्येको कुमारी छेँ र कुमारी निवासको विकास र पुनर्निर्माण कार्य दोस्रो परियोजना हो ।

    यी परियोजनाहरुको कार्यान्वयन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले गरिरहेको छ ।

    २०७२ सालको भूकम्पले क्षति पुन्याएका सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माणका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन तथा पुरातत्व विभागले निर्धारण गरेको मापदण्ड अनुरुप कुमारी छेँ र कुमारी निवासको संरक्षण गरिनेछ । पुनर्निर्माण कार्यमा पुरानो भवनको पुनःस्थापना गरिनुका साथै भित्ते चित्रको संरक्षण पनि गरिनेछ, जसले कुमारी देवीको पूजा अर्चना गर्ने भवनको रुपमा काम गर्नेछ ।

    यसको अलावा हाल कुमारी छेँ भएको स्थानको पूर्वी दिशाको खाली जग्गामा नयाँ भवनको निर्माण गरिनेछ । नेपाल सरकारले स्वीकृत गरेको विस्तृत परियोजना प्रतिवेदन अनुरुप पुनःस्थापना र विकास कार्यलाई अघि बढाउनका निमित्त आवश्यक पर्ने प्राविधिक सहयोग भने इण्डियन नेशनल ट्रस्ट फर आर्ट एण्ड कल्चर हेरिटेज (आईएनटीएसीएच) ले गर्नेछ ।

    नेपालमा कुमारी भन्नाले जीवित देवीलाई जनाउँदछ जसको पूजा काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीयवासीले गर्दछन् । अब बन्ने कुमारी निवासमा परम्परागत वास्तुकलालाई समेटिएको छ । नेवार समुदायको सामाजिक, धार्मिक तथा सांस्कृतिक जीवनमा कुमारी देवीको महत्वलाई यी परम्परागत विशेषताहरुले प्रतिकात्मक शैलीमा प्रतिनिधित्व गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार