Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ।

    बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।



    मंगलबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक यही फागुन २९ गते बोलाउने निर्णय गरेको थियो । चैत १ गते भने कार्यकर्ता भेला जिल्लास्तरमा गर्ने निर्णय गरेको छ।



    संसद सञ्चालन, सरकार गठन र अन्य राजनीतिक प्रक्रियाबारे संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल, वार्ता र परामर्श गर्ने निर्णय पनि माओवादी केन्द्रले गरेको छ।

    सत्तारूढ नेकपा एमालेसँग भने आवश्यकता अनुसार मात्रै वार्ता गर्ने पार्टीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार