Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • फेरि सर्‍यो माओवादी केन्द्रको स्थायी समिति बैठक

    फेरि सर्‍यो माओवादी केन्द्रको स्थायी समिति बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 387
    SHARES

    काठमाडौं ।  सत्तारुढ  नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ । आज ३ बजे बस्ने भनिएको बैठक भोलि शनिवार १ बजेको लागि सारिएको हो ।

    प्रधानमन्त्री प्रचण्डको कार्यव्यस्तताले बैठक सार्नु परेको पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताए ।



    गत बिहीबार स्थायी समिति बैठक बस्न नपाउँदै सकिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने संकेत दिएपछि परिस्थिति जटिल भएको भन्दै प्रचण्डले बैठक बैठक बस्न नपाउँदै स्थगित गरेका थिए ।



    राष्ट्रपतिको निर्वाचन, रिक्त गृहमन्त्रालयको पूर्ति, स्थायी कमिटीका सदस्यहरूको कार्यविभाजनलगायको विषयमा छलफल गर्ने बैठकको एजेण्डा छ ।

    समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयन देखी पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रिय विभागको कार्यविभाजनका लागि बसेको बैठकले एक हप्ता नाघिसक्दा पनि कुनै निष्कर्ष निकाल्न सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार