Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु

    पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरू भएको छ ।

    पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक आयोजना गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।



    मंगलबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक यही फागुन २९ गते बोलाउने निर्णय गरेको थियो । चैत १ गते भने कार्यकर्ता भेला जिल्लास्तरमा गर्ने निर्णय गरेको छ।



    संसद सञ्चालन, सरकार गठन र अन्य राजनीतिक प्रक्रियाबारे संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल, वार्ता र परामर्श गर्ने निर्णय पनि माओवादी केन्द्रले गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार