Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कर्णालीमा हाम फालेर आत्महत्या गरेका आमासहित तीन सन्तानको सामूहिक दाहसंस्कार, एक अझै बेपत्ता

    कर्णालीमा हाम फालेर आत्महत्या गरेका आमासहित तीन सन्तानको सामूहिक दाहसंस्कार, एक अझै बेपत्ता

    अनलाइन नेपाल
  • बिहिबार, २७ फाल्गुन २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । घरयासी विवादका कारण चार सन्तानसहित कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेकी सुकी बडुवालसहित तीन सन्तानको सामूहिक दाहासंस्कार गरिएको छ भने सबैभन्दा सानी छोरी अझै बेपत्ता छिन् ।

    बुधबार साँझ कर्णाली नदीको तीरमा आमा सुकी र तीन छोराछोरीको दाहसंस्कार गरिएको हो ।



    आमा सुकी बडुवालको शव जलाईएको हो भने उनकी १५ वर्षीया छोरी कल्पना, १२ वर्षीया सरिता र ८ वर्षीया छोरा ललितको शव गाडिएको छ ।



    दाहसंस्कार स्थलमा उनका श्रीमान मानसिंह बडुवाललाई पनि ल्याइएको थियो । मानसिंह थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा रहेका छन् ।

    ६ वर्षीया बालिका रजनी बडुवालको अवस्था अझै अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ ।

    पश्चिम दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुकीले पारिवारीक तनावका कारण सोमबार चारसन्तान सहित कर्णाली नदीमा हाम फालेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार