Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • ओली प्रवृतिविरुद्ध नेपाल पक्षको आपत्ति

    ओली प्रवृतिविरुद्ध नेपाल पक्षको आपत्ति

    अनलाइन नेपाल
  • बिहिबार, २७ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ओली प्रवृतिप्रति आपत्ति जनाएका छन् ।

    बिहीबार नेपाल निकट स्थायी कमिटी सदस्यहरुको छलफलले ओली पक्षबाट भइरहेको ओली प्रवृतिविरुद्ध आपत्ति जनाउँदै बक्तव्य नै जारी गर्ने निर्णय गरेको छ ।



    स्रोतका अनुसार, ओली समूहले देशभरिका पार्टी कार्यालय कब्जा गर्ने र फरक समूहलाई समर्थन गरेकै कारण आक्रमण गर्ने गतिविधिविरुद्ध नेपाल समूहले बक्तव्य जारी गर्न लागेको हो। वक्तब्य बरिष्ठ नेताद्वय नेपाल र झलनाथ खानाले जारी गर्ने तयारी गरेका छन्।



    हिजोपनि नेपाल निकट केन्द्रीय सदस्यको बैठक बसेको थियो ।

    नेकपामा हुँदा प्रचण्डसँग मिलेर नयाँ समूह गठन गरेका नेपाल एमालेमा फ़र्किएपछि पार्टीभित्र कसरी प्रस्तुत हुने भन्ने बिषयको छलफलमा जुटेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार