Online Nepal
  • मंगलबार, १५ जेष्ठ २०८१
  • बागलुङमा जिप दुर्घटना १ जनाको मृत्यु, ५ जना घाइते

    बागलुङमा जिप दुर्घटना १ जनाको मृत्यु, ५ जना घाइते

    अनलाइन नेपाल
  • बिहिबार, २७ फाल्गुन २०७७
  • 1.7K
    SHARES

    फाइल फोटो

    बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका–१ महभीरमा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने ५ गम्भीर घाइते भएका छन् ।

    प्रहरीका अनुसार बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिका–१ पैरातर्फ जाँदै गरेको ग१ज ५७०५ नम्बरको पिकअप जिप दुर्घटनामा परेको हो ।



    दुर्घटनामा परी वडा नम्बर २ की १४ वर्षीया मीना रसाइलीको मृत्यु भएको वडा नम्बर १ का वडाध्यक्ष थमबहादुर रोकाले जानकारी दिएका छन् ।



    गम्भीर घाइतेमध्ये तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि पोखरा पठाइएको र बाँकी दुई जनालाई पठाउने तयारी भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार