Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • खनाल–नेपाल समूहले जिल्लादेखि केन्द्रसम्म समानान्तर कमिटी बनाउने

    खनाल–नेपाल समूहले जिल्लादेखि केन्द्रसम्म समानान्तर कमिटी बनाउने

    अनलाइन नेपाल
  • शुक्रबार, २८ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । झलनाथ खनाल र माधव नेपाल समूहले जिल्लादेखि केन्द्रसम्म समानान्तर कमिटी बनाउने घोषणा गरेको छ ।

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका नेताहरुको जिम्मेवारी खोस्ने निर्णय गरेपछि खनाल–नेपाल समूहले त्यसका विरुद्ध पार्टीमा समानान्तर कमिटी बनाउने निर्णय गरेको हो ।



    ओलीले आजै महासचिवबाहेक सबै पदाधिकारी खारेज तथा खनाल–नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेका थिए । त्यसको प्रतिवाद गर्न खनाल–नेपाल समूहले आकस्मिक बैठक बोलाएको थियो ।



    समानान्तर कमिटी जिल्लातहबाटै बनाउने निर्णय भएको एक स्थायी कमिटी सदस्यले बताए । हाल खनाल–नेपाल समूहको नेतृत्व नभएको जिल्लामा नयाँ नेतृत्व चयन गरिने छ ।

    ओलीले एमालेलाई बिसर्जनतिर लगेको खनाल–नेपाल समूहको आरोप छ । उक्त विषयमा केन्द्रीय कमिटी र सांसदहरुसित थप छलफल गर्ने खनाल–नेपाल समूहले निर्णय गरेको छ ।

    खनाल–नेपाल समूहले आगामी चैत ४ गते राष्ट्रिय भेला गर्ने तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार