Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • केपी गुटले पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद : भीम रावल

    नेपाल-खनालसहितका यी नेताहरु एमालेको साधारण सदस्य समेत नरहने गरी निष्कासित

    नेपाल-खनालसहितका यी नेताहरु एमालेको साधारण सदस्य समेत नरहने गरी निष्कासित

    अनलाइन नेपाल
  • सोमबार, १० जेष्ठ २०७८
  • 2.2K
    SHARES

    काठमाडौं।  नेकपा एमालेको स्थायी कमिटी बैठकले माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा  लेख्दै स्थायी कमिटीको बैठकको निर्णय भन्दै विवरण सार्वजनिक गरेका छन्।



    थापाका अनुसार नेताहरू माधवकुमार नेपाल,  झलनाथ खनाल,  भीमवहादुर रावल, मुकुन्द न्यौपाने,  रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणीकुमारी खड्कालाई पार्टीविरुद्ध गतिविधि गरेको भन्दै सोधिएकोमा चित्त बुझ्दो स्पष्टीकरण नदिएकाले पार्टीबाट निष्कासन गर्ने निर्णय भएको हो।



    त्यसैगरी अन्य नेताहरू घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, भवानी खापुङ, यज्ञराज सुनुवार, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट र नारायण खतिवडासहित १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको पनि थापाले जनाएका छन्।

    शनिवार स्पष्टीकरण सोधिएकामध्ये समानुपातिक तर्फका ८ जना अन्य नेताहरूलाई पनि निष्कासन गरिएको उनले जानकारी दिए।

    आज सर्वोच्चको फिराद पत्रमा हस्ताक्षर गरेका थप ११ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय भएको र त्यसका लागि २४ घण्टा समय दिइएको थापाले जानकारी दिए।

    नेता भीम रावलले सामाजिक सञ्जाल ट्विटर मार्फत प्रतिक्रिया जनाउँदै पछिल्लो निर्णय हास्यास्पद रहेको बताएका छन्।

    ‘केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ। यो केपी गुटको फुटवाद कै निरन्तरता हो,’ उनले लेखेका छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार