Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ओली र नेपाल–खनाल समूहको बालुवाटार र कलंकीमा छुट्टाछुट्टै बैठक

    ओली र नेपाल–खनाल समूहको बालुवाटार र कलंकीमा छुट्टाछुट्टै बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, १३ चैत्र २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दुई समूहले आज छुट्टाछुट्टै बैठक गर्दैछन्।

    प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाल–खनाल समूहले छुट्टा छुट्टै बैठक बोलाएको हो ।



    एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक डाकेका छन् ।



    एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने, सांसदहरुको विकास बजेट खर्च लगायतका विषयमा छलफल हुनेछ ।

    यता बालुवाटारमा हुने संसदीय दलको बैठकमा आफूहरू सहभागी नहुने भन्दै नेपाल–खनाल समूहले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ।

    माधवकुमार नेपाल र झलनाथ खनाल समूहले कलंकीस्थित एक पार्टी प्यालेसमा आज बिहान ११ बजे केन्द्रीय समितिको बैठक बोलाएको हो।

    बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी विधानअनुसार पार्टीका बैठक बोलाउन अनुरोध गर्ने निर्णय गर्ने बताइएको छ।

    यसअघि बिहीबार साँझ नेपाल–खनाल समूहका ४ जना नेताहरूले अध्यक्ष ओलीले मागेको स्पष्टिकरणको जवाफ दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार