Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भोट हालेपछि ओलीले भने – कांग्रेस एक्लै चुनाव लड्ने स्थितिमा रहेन , देश दुईदलीय प्रणालीतर्फ गयो

    भोट हालेपछि ओलीले भने – कांग्रेस एक्लै चुनाव लड्ने स्थितिमा रहेन , देश दुईदलीय प्रणालीतर्फ गयो

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस पनि एक्लै चुनाव लड्ने स्थितिमा नरहेको वताएका छन्।

    ओलीले  देश मूलतः दुईदलीय प्रणालीतर्फ गएको समेत बताए । भक्तपुरको सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ‘क’ मतदान केन्द्रबाट भोट हालेपछि अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गतेसम्म पनि आफूलाई निर्वाचन सार्न प्रस्ताव गरेको दाबी गरे ।



    ओलीले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले गत वैशाख ९ गतेसम्म पनि औपचारिक रूपमा वैशाख ३० बाट चुनाव सार्ने प्रस्ताव गर्नुभयो । मैले अस्वीकार गरेकाले सहमति नमिलेपछि चुनाव तोकिएकै समयभित्र भएको छ ।



    धाक लगाउने कुरा होइन, मैले अस्वीकार गरेर देशलाई द्वन्द्वतिर नधकेल्नुस्, अलोकतान्त्रिक बाटो नहिँड्नुस्, भनेर उहाँलाई राम्रैसँग खबर पठाएको थिएँ । निर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि र कानुनले बाध्यता भएपछि उहाँहरु तयार हुनुभएको हो । ९ गतेसम्म पर सारौँ भन्नुहुन्थ्यो । आज आफैंले शंकाको बीचमा भोट हाल्नुभयो होला नि भन्नुभएको छ तर शंका होइन, सप्रमाणको कुरा बाहेक केही छैन । मैले यो कुरा भनेको थिइनँ ।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार