Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ओलीलाई सराप्दै वामदेवद्वारा प्रचण्डको प्रसंशा

    ओलीलाई सराप्दै वामदेवद्वारा प्रचण्डको प्रसंशा

    अनलाइन नेपाल
  • शुक्रबार, ६ चैत्र २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आजदेखि समानान्तर भेला सुरू गरेको छ ।

    आज अखिल नेपाल महिला संघको राष्ट्रिय भेला र अखिल नेपाल किसान महासंघको भेला बोलाइएको हो ।



    महिला संघको भेलालाई खनाल–नेपाल र किसान महासंघको भेलालाई एमाले उपाध्यक्ष बामदेव गौतमले सम्बोधन गरेका छन् ।



    भेलामा सम्बोधनको क्रममा नेता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा जालझेल र तिकडम गरेको बताएका थिए। गौतमले प्रचण्डलाई भने सहन सक्ने नेता भन्दै प्रसंसा गरेका थिए।

    गौतम किसान महासंघको अध्यक्ष पनि हुन् ।

    त्यस्तै, नेपाल-खनाल पक्षले भोलि युवा संघको पनि भेला गर्ने जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार