Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तीन बर्षपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा

    तीन बर्षपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा

    अनलाइन नेपाल
  • आइतबार, १ चैत्र २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा शुरू भएको छ ।

    बैठकमा एमालेमा गएका नेताहरूलाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताईएको छ।



    सर्वोच्च अदालतले माओवादी केन्द्र ब्युँताइदिएपछि पहिलोपटक माओवादी केन्द्रीय कमिटी बैठक बसेको हो ।



    तत्कालीन नेकपा एमालेसँग पार्टी एकीकरण गर्नुपूर्व २०७५ जेठमा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बसेको थियो ।

    यसअघि शनिबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले आज केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

    शनिबारको स्थायी समिति बैठकले सरकारमा रहेका ७ मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

    सरकारमा माओवादी केन्द्रका गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्यमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार