Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • अन्तत : ओलीसँग पछि हटेन नेपाल पक्ष, सानेपामा शीर्ष नेताहरुको उपस्थिति

    अन्तत : ओलीसँग पछि हटेन नेपाल पक्ष, सानेपामा शीर्ष नेताहरुको उपस्थिति

    अनलाइन नेपाल
  • बुधबार, ४ चैत्र २०७७
  • 2.3K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको दुईदिने राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ ।

    ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनको भेला भोलिसम्म चल्ने छ । भेलामा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्टलगायत नेताहरु सहभागी रहेका छन् ।



    आजको भेलामा देशभरबाट करिब २ हजार नेता–कार्यकर्ता सहभागी हुने उक्त पक्षले जनाएको छ ।



    पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफुहरुलाई पेलेर जाने रणनीति गरेपछि नेपाल पक्षले समानान्तर गतिविधि अगाडि बढाउँदै आज आफ्नो पक्षको भेला गरेको बताएको छ।

    दुईदिनसम्म चल्ने भेलाको सम्पूर्ण तयारी पूरा भइसकेको र नेता कार्यकर्ताहरु राजधानी आइपुगिसकेको उक्त पक्षले जनाएको छ । भेलामा अगुवा नेता तथा कार्यकर्ता सहभागी हुने छन् ।

    पछिल्लो समय एमालेभित्र आन्तरिक द्वन्द चर्किदै गएपछि ओली पक्ष र नेपाल पक्षबीच असमझादारी हुँदै गएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार