Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • खनाल-नेपाल पक्ष दोधारमा, बालुवाटार हिँडेका सांसदहरु बीच बाटोबाटै फर्किए

    खनाल-नेपाल पक्ष दोधारमा, बालुवाटार हिँडेका सांसदहरु बीच बाटोबाटै फर्किए

    अनलाइन नेपाल
  • बिहिबार, ५ चैत्र २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको संसदीय दलको बैठकमा पार्टीभित्र असन्तुष्ट रहेको झलनाथ खनाल-माधवकुमार नेपाल पक्ष अनन्त: सहभागी नहुने भएको छ।

    यसअघि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा भाग लिन केही सांसदहरु सानेपाबाट हिँडिसकेका थिए ।



    तर उनीहरु बीच बाटोबाटै फर्किएका छन्। ‘बिहानको अनौपचारिक छलफलबाट बैठकमा जाऔं भन्ने भयो । यसपछि हामी त हिँडिसकेका थियौं । फेरि अर्को सूचना आयो, हामी फर्कियौं’, नेपाल पक्षका सांसद दीपक प्रकाश भट्टले अनलाइन नेपालसँग भने।



    तर वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालको उपस्थितिमा भएको छलफलले बालुवाटार नजाने निष्कर्ष निकाल्यो । ‘पहिले जाने भन्ने भयो, फेरि नजाने भन्ने भयो । अब हामी जान्नौं’, सांसद  भट्टले भने ।

    बैठकमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायत स्थायी समिति सदस्य बाहेकका सांसदहरु दलको बैठकमा बालुवाटारतर्फ लागेको सो पक्षका एक सांसदले जानकारी दिए ।

    हिजो प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज ११ बजे दलको बैठक बोलाएका थिए । तर, खनाल-नेपाल पक्षले बुधबार पत्रकार सम्मेलन गरेर ओलीले डाकेको बैठकमा जान नसक्ने तर मिति परिवर्तन गरे सहभागी हुने जनाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार