Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • गलत्त्याएरै निकाल्न खोजे पनि अन्तिम दमसम्म लड्छौं, पार्टी विभाजन गर्दैनौं : माधव नेपाल

    गलत्त्याएरै निकाल्न खोजे पनि अन्तिम दमसम्म लड्छौं, पार्टी विभाजन गर्दैनौं : माधव नेपाल

    अनलाइन नेपाल
  • बिहिबार, ५ चैत्र २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् ।

    ललितपुरको सानेपामा हिजो देखि सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलालाई समापन गर्दै नेता नेपालले भने, ‘गलत्त्यारै निकाल्न खोजेछन् भने पनि अन्तिम दमसम्म लड्नेछौं ।’ उनले ओली र उनको विचारको भण्डाफोर गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका छन् ।



    ‘केपी ओलीको गलत प्रवृत्तिविरुद्ध पुराना नेताहरुले समेत साथ दिन तयार रहेको भन्दै नेपालले भेलामा पेश गरेको दस्तावेजका आधारमा अघि बढिने बताए ।



    उनले केपी ओलीले बालुवाटारमा संसदीय दलको बैठक बोलाएपछि गएका सांसदहरुलाई बालुवाटार अपमान भएको समेत प्रस्ट्याए ।

    नेता नेपालले ओलीसँग नडराउने, नतर्सिने र नझुक्ने पनि बताएएका छन्  ।

    ‘हामी कमजोर छैनौं । कस्ता कस्तासँग डराइएन । यस्ता मानिससँग हामी डराउँदैनौ’ नेपालले दावी गर्दै भने ।

    कार्यक्रममा बोल्दै नेपालले आफुहरुले अध्यक्ष ओलीलाई सुधार्न जति कोसिस गर्दा पनि नसकेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार