Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रचण्डले ब्युँताए वाइसिएल, जेठ २८–३० मा राष्ट्रिय भेला

    प्रचण्डले ब्युँताए वाइसिएल, जेठ २८–३० मा राष्ट्रिय भेला

    अनलाइन नेपाल
  • बिहिबार, ५ चैत्र २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले नेकपाको एकतालाई खारेज गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्यूँताएपछि माओवादीको भातृ संस्था योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) पनि ब्यूँतिएको छ ।

    सर्वोच्चले माउ पार्टी व्यूँताएपछि चैत ४ र ५ गते काठमाडौंमा बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।



    भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने बताइएको छ ।



    संगठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेला अगावै टोल कमिटीदेखि प्रदेश कमिटीसम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट चुनिएर आउने वाइसिएलका सचिव पुष्प ओलीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार