Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • वाइसिएल अध्यक्षमा शेर्पाली र महासचिवमा शाहीको सम्भावना बढी

    वाइसिएल अध्यक्षमा शेर्पाली र महासचिवमा शाहीको सम्भावना बढी

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 738
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) ले आज र भोलि दोस्रो राष्ट्रिय भेला गर्दैछ । भेलाले विधान परिमार्जन, सांगठनिक प्रतिवेदनदेखि नयाँ नेतृत्वसम्म चयन गर्नेछ ।

    यसअघि सम्पन्न भेलाले सुमन देवकोटा संयोजक र सुवोध शेर्पाली सहसंयोजक भएको अन्तरिम राष्ट्रिय भेला आयोजक समिति बनाएको थियो । आज र भोलि हुने दोस्रो राष्ट्रिय भेलाबाट वाइसिएल अध्यक्ष, ९ उपाध्यक्ष, महासचिव, २३ सचिव र कोषाध्यक्ष चयन हुनेछन् । यद्यपि, विधान संशोधन गरेर उपमहासचिव थप्नुपर्ने आवाजसमेत उठिरहेको छ ।



    वाइसिएलको दोस्रो राष्ट्रिय भेलाबाट अध्यक्षमा शेर्पाली चयन हुने सम्भावना बढी छ । उमेर हदका कारण संयोजक देवकोटाले वाईसीएलबाट विदा लिनुपर्ने भएकाले अध्यक्षमा यसअघिका सहसंयोजक सुवोध शेपाईली हुने निश्चित जस्तै छ । वाईसीएलमा ४० वर्षे उमेर हदको व्यवस्था छ ।



    देवकोटालाई संयोजक बनाउँदा पनि उनलाई पछि अध्यक्ष बनाइने आश्वासन दिएकाले शेपाईली अध्यक्षमा निश्चित जस्तै भएका हुन । उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन ।

    अध्यक्षमा शेपाईली निश्चित जस्तै हुँदा महासचिवमा भने धेरै दावेदार देखिएका छन् । महासचिवमा ज्ञानबहादुर गुरुङ ‘कसम’, गणेश शाही, र मिङ्मा डन्डु शेर्पाको बलियो दावेदारी छ । गुरुङ र शाही माओवादी केन्द्रका बैकिल्प केन्द्रीय सदस्य समेत हुन ।

    वाईसीएलमा अध्यक्ष, ९ उपाध्यक्ष, महासचिव, २३ सचिव र कोषाध्यक्ष हुने व्यवस्था छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार