Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ज्ञानेन्द्र शाहीलाई सीमा नाघेर नबोल्न वाइसीएल अध्यक्ष शेर्पालीको चेतावनी

    ज्ञानेन्द्र शाहीलाई सीमा नाघेर नबोल्न वाइसीएल अध्यक्ष शेर्पालीको चेतावनी

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 795
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल)का अध्यक्ष सुवोध शेर्पालीले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई सीमा नाघेर नबोल्न चेतावनी दिएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शेर्पालीले सीमा नाघेर बोले समय अनुसार जवाफ दिने बताएका हुन् ।



    शेर्पालीले लेखेका छन्, ‘संबिधानको मर्म भावना र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सरकारको योजनाका विरुद्ध संसदमा ज्ञानेन्द्र शाहीले छनौट गरेको शब्द र अभिव्यक्तिले द्वन्दलाई न्यूनीकरण होइन थप विवादास्पद बनाइ मुलुकलाई थप अस्थिर बनाउने निश्चित छ । गणतन्त्रको तलब भत्ता खाएर र्‍याल चुहाउदै आफ्नो जिम्मेवारी र हैसियत भन्दा बाहिर बोल्न तिमिलाई लाज लाग्दैन ? ’



    संसदमा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी संशोधित ऐन संसदमा पेश भएपछि शाहीले आपत्तिजनक शब्द प्रयोग गरेपछि माओवादी नेताहरुले विरोध जनाएका हुन् ।

    गणतन्त्रको तलब भत्ता खाएर आफ्नो जिम्मेवारी र हैसियतभन्दा बाहिर नबोल्न शेर्पालीले सुझाव दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार