Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • १७ बुँदे प्रस्ताव पारित गर्दै खनाल-नेपाल पक्षको राष्ट्रिय भेला सम्पन्न

    १७ बुँदे प्रस्ताव पारित गर्दै खनाल-नेपाल पक्षको राष्ट्रिय भेला सम्पन्न

    अनलाइन नेपाल
  • बिहिबार, ५ चैत्र २०७७
  • 2.6K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको खनाल-नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज सकिएको छ । भेलामा १७ बुँदे प्रस्ताव पारित गरिएको छ।

    बुधबारबाट सुरु भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि १० समूहले छलफल गरेको र उनीहरुको सुझावसमेत समेटेर भेलाबाट १७ बुँदे प्रस्ताव पारित गरिएको जानकारी दिइएको छ ।



    राष्ट्रिय भेलाले ओली पक्षको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय अस्वीकार गरेको छ ।



    ओलीका विभिन्न गतिविधिप्रति दुस्ख व्यक्त गर्दै भेलाले एकतापूर्वको स्थिति स्वीकार गरी २८ गतेको निर्णय रद्द गर्न माग गरेको छ ।

    त्यस्तै, राष्ट्रिय सम्मेलनले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको स्वागत गरेको छ भने एमाले र माओवादी पार्टी ब्युँताउने फैसलाप्रति असहमति प्रकट गरेको छ ।

    भेलामा सहभागी नहुन अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा धम्की दिएको भन्दै सम्मेलनले गुट र सत्ता स्वार्थमा पार्टीको दुरुपयोग नगर्न ओलीलाई आग्रह गरेका छन् ।

    भेलामा ४ हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी भएको प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिएका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार